सर्वसाधारणको निकास कार्यमा रुसी अवरोधः युक्रेन
मङ्गलबार, २४ फागुन २०७८, ०७ : १८
रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरुमा अस्थायी युद्धविराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ ।
रुसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धविराम घोषणा गरेको थियो । तर, ती शहरहरुमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।
रुसी आक्रमणले सर्वसाधारणको निकास कार्य अवरुद्ध भएको युक्रेनले जनाएको छ । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरेको छ । रुसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?