संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख
![संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख](https://rpcdn.ratopati.com/media/albums/tourist-2-_uZ9iuth4FZ.jpg)
कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महिनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए ।
कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले पछिल्ला महिनामा पर्यटक बढ्दै गएको बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
याक्ससँग केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
-
नेपालले चीनतर्फ कहिलेदेखि निर्यात गर्छ भैँसीको मासु ?