शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रामवृक्ष यादवको शालिकबारे यस्तो छ माओवादीको निर्णय

सोमबार, २३ फागुन २०७८, २३ : २७
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रले रामवृक्ष यादवको शालिकसम्बन्धी विवादमा निर्णय गरेको छ । सोमबार सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यसअघि यादवको शालिक भएको स्थानमै सहिद पार्क बनाएर उनको शालिक स्थापना गर्ने निर्णय गरेको छ। 

उनले मधेस प्रदेश कमिटीसँग आवश्यक समन्वय गरेर  प्रक्रिया अघि बढाइने बताए । थप निर्णय आगामी जेठमा हुने केन्द्रीय कमिटीले गर्ने पनि प्रचण्डको भनाइ छ ।  यसबारे गत महाधिवेशनमा पनि विवाद भएको थियो भने सोही विषयमा महाधिवेशन हलमै हंगामा भएको थियो । 

२०७७ मा महोत्तरीको खयरमारामा रहेको माओवादीका सहिद रामवृक्ष यादवको सालिक हटाएर त्यहाँ अर्का वामपन्थी नेता निर्मल लामाको सालिक राख्ने तयारी थालिएपछि विवाद भएको हो । 

यसरी एउटै पार्टीका एक नेताको सालिक हटाएर अर्का नेताको सालिक राखेपछि माओवादी पार्टीमै विवाद सुरु हो ।  नेता नारायणकाजी श्रेष्ठ रामवृक्ष यादवको सालिक अन्यत्र सारेर त्यो ठाउँमा निर्मल लामाको सालिक राख्ने पक्षमा रपार्टीका अर्का नेता मातृका यादव पक्षका नेताहरुले रामवृक्ष यादवको सालिक हटाउन नहुने पक्षमा हुँदा विवाद चर्किएको हो ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएको बेला रामवृक्ष यादवको सालिक राखिएको ठाउँमा निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना गरेका थिए ।  सोमबारको बैठकमा पनि नेता मातृका यादवले रामवृक्षको शालिक हटाउने निर्णयमा आलोचना गरेका थिए । त्यसपछि प्रचण्डले सोही ठाउँमा शालिक रामवृक्षको बनाइने र यसबारे थप निर्णय जेठमा गरिने बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप