आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यमनमा ८० हुथि विद्रोही मारिए

सोमबार, २३ फागुन २०७८, २२ : ४३
सोमबार, २३ फागुन २०७८

यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन् ।  देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधन लगायत पनि बरामद गरेको छ । 

विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् । -सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप