दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको न्यारो बडी जहाज नेपाल आयो
दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो ।
निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेर नेपाल ल्याएको निगमले जनाएको छ । निगमले नेदरल्याण्ड्सको एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको बताइएको छ ।
दोहास्थित कतार एयरवेजका इञ्जिनियरिङ टिमले विमानको बायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो । इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी