जनकपुरमा खुल्यो जावा मोटरसाइकलको डिलर

अग्नि मोटोइंक प्रालिले जनकपुरमा जावा मोटरसाइकलको नयाँ डिलर स्थापना गरेको छ । भाष्कर एण्ड सन्स इन्टरप्राइजेज प्रालि स्थापना गरी अग्निले जावा मोटरसाइकलको विशिष्ठ शोरूम खोलेको जानकारी दिएको हो । भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विनयमणि शर्माकी आमा माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रूपमा जनकपुर शोरूम उद्घाटन गरेका हुन्‌ ।
अग्नि मोटोइंकका बिक्री प्रमुख प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त रहेको तथा पारखीले आफ्नो व्यक्तित्वअनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्ने जानकारी दिए । अरूभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक प्रविधिको रेट्रो क्लासिक मोटरसाइकल चढ्न चाहने सबैका लागि जावा बाइक उपयुक्त रहेको उनले दाबी गरे।
जनकपुर र त्यस वरपर रहेका मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र राइडको सुविधा प्राप्त गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ । थप जानकारी, बुकिङ्ग र टेस्ट राइडका लागि भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेजका सम्पर्क नम्बरहरु ९८४४४४४३२१ र ९८०१६१८८४७मा सम्पर्क गर्न सक्ने पनि अग्नि मोटोइंकले जनाएको छ ।
अग्निले यसअघि नै बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्नशाखा र डिलरहरू भएका स्थानहमा जावा मोटरसाइकल उपलब्ध गराइसकेको जनाएको छ ।
चेक गणतन्त्र र पूर्व चेकोस्लोभाकियामा ९० वर्षको विरासत बोकेको जावा लोकप्रिय मोटरसाइकल ब्रान्ड भएको कम्पनीको दाबी छ । कुनै समय १२० भन्दा देशहरूमा जावा मोटरसाइकल निर्यात गर्ने गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला