आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

सोमबार, २३ फागुन २०७८, २१ : ५७
सोमबार, २३ फागुन २०७८

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ । 

आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक÷एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए । ५५औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो । 

त्यसपछि खेलको ६७औँ मिनेटमा विवेकले आत्मघाती गोल गरे पनि हिमालयन २–१ ले विजयी भयो । प्रतियोगिताअन्तर्गत मङ्गलबारको खेलमा लिग विजेता मच्छिन्द्र क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अब हिमालयन सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने बताइएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले रु १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टोलीले जनही नगद २५ हजार प्राप्त गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले रु १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विद्यार्थीका लागि १०० र अन्यका लागि १५० टिकट दर राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप