नेपालसँग श्रीलंका १११ रनले पराजित
अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेल अन्तर्गत नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रन जोड्दा सबै विकेट गुमाउन पुगेको थियो ।
३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौ विकेटका लागि मधुसंका मदुरा र संजिवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर १६औं ओभरको पहिलो बलमा संजिवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमराएको थियो । संजिवाले २५ बलमा २ चौका मद्दतमा १५ रन जोडे । थप २० रन जोड्ने क्रममा नेभीले मधुसंकालाई पनि गुमायो । मधुसंकाले ६८ बलमा ४ चौका र १ छक्का मद्दतमा ३९ रन बनाए । त्यस्तै दिनेश मधुशानले १४ रनको योगदान गरे ।
नेभीलाई सस्तैमा समेट्ने क्रममा कसिलो बलिङ गरेको नेपालका लागि कप्तान सन्दिप लामिछानेले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै विक्रम सोब र ज्ञानेन्द्र मल्लले समान २ विकेट लिए । करण केसी, सागर ढकाल र कलमसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७.१ ओभरमा अलआउट हुनु अघि २ सय १४ रनको योगफल तयार पारेको थियो । २५ रनमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको नेपालले थप १८ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेट गुमाउन पुगेको थियो ।
ज्ञानेन्द्रले भने मात्र १ रन जोडेका थिए । अर्का ओपनर आसिफ शेखले दिपेन्द्रसिंह ऐरीसँग २७ रनको साझेदारी गरेका थिए । आसिफले ३८ बलमा ५ चौका मद्दतमा ३६ रनको योगदान गरे । ८४–४ को स्थितीमा रहेको नेपालको इनिङ पाँचौ विकेटका लागि दिपेन्द्र र विनोद भण्डारी ६९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दिपेन्द्रले ५२ बलमा २ चौका र १ छक्का मद्दतमा ४३ रनको योगदान गर्दा विनोदले २५ बलमा २ चौका मद्दतमा २२ रन जोडे ।
त्यस्तै कलम सिंह ऐरी र करण केसीले समान १६ रनको योगदान गरे । नेभीका अकुरोगोडाले ४ र अवात्ले ३ विकेट लिए । युएईमा अर्को साताबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखलाको तयारीमा रहेको नेपाल हाल अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको छ । नेपाल मार्च १४ मा श्रीलंकाबाटै युएई प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या