युक्रेनका राष्ट्रपतिसँग वार्ता गर्न पुटिनलाई मोदीको आग्रह
सोमबार, २३ फागुन २०७८, २१ : १८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरुप राष्ट्रपति पुटिनसँग वार्ता गरेका हुन् । रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उनीहरूका बीचमा झण्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म