शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपतिसँग वार्ता गर्न पुटिनलाई मोदीको आग्रह

सोमबार, २३ फागुन २०७८, २१ : १८
सोमबार, २३ फागुन २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका छन् । 

रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरुप राष्ट्रपति पुटिनसँग वार्ता गरेका हुन् ।  रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् । 

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उनीहरूका बीचमा झण्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप