शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकारका पक्षमा एमाले अरुभन्दा एक कदम अघि छ : अध्यक्ष ओली

सोमबार, २३ फागुन २०७८, २० : ४९
सोमबार, २३ फागुन २०७८

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारका पक्षमा एमाले अन्यभन्दा एक कदम अघि रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को पाँचौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले मानव अधिकार, सामाजिक न्याय आदि क्षेत्रमा पार्टी सबैभन्दा अघि भएको बताए।

एमालेले आधुनिक एवं वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्नेमा विश्वास गर्ने उल्लेख गर्दै उनले पार्टीले कहीँ कसैको गरिबी, अभाव, असुरक्षा नहोस् भन्ने मान्ने र त्यसैका लागि सङ्घर्ष गरिराखेकामा जोड दिए ।

एमाले सधैँ आर्थिक समुन्नति, वैज्ञानिक एवं न्यायोचित समानता, हक तथा अधिकारको प्रत्याभूतिका लागि क्रियाशील रहेको बताउँदै उनले देशभित्र र बाहिरका प्रतिक्रियावादीसँग मिलेर परमादेशको सरकार बनाइएको बताए । मुद्दा जितेर सरकार बनाउनु भनेको सिमानाको विषयमा हुने झगडाजस्तो भएको उनको भनाइ छ ।

आफ्नो नेतृत्वको सरकारका पालामा आग्रही भएर टीकाटिप्पणी गरी दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारमा काम देखेर पनि चुपचाप बसेको बताउँदै उनले अहिले देशको अर्थतन्त्र बिग्रँदा, परराष्ट्र सम्बन्ध बिग्रँदा चुपचाप रहेको आरोप लगाए । एलायन्सका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, पूर्वमन्त्री पार्वत गुरुङ, विदेश विभाग प्रमुख डा राजन भट्टराई लगायतले मानवअधिकारका क्षेत्रमा एमालेले खेल्दै आएको भूमिकालगायत विषयमा आफ्ना धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप