स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको अडान राष्ट्रिय अडान भएको बताए । नेपाल भने, ’हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ, जहिले पनि देशको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्छ । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्दा हामीले आफ्नो मान्यताबाट डगमगाएका छैनौं, बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्येनजर गर्दै सुझबुझपूर्ण निर्णय गरेका छौं ।’
अध्यक्ष नेपालले पेश गरेको राजनीति प्रतिवेदनमाथि पोलिटब्युरोका ३७ जना सदस्यले आफनो धारणा व्यक्त गरेका छन् । पोलिटब्युरो सदस्यको धारणालाई समेटेर प्रतिवेदन परिमार्जन गरेर केन्द्रीय कमिटीमा पेश गरिने महासचिव बेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक यही फागुन २५ र २६ गते बस्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न