नारी दिवसमा महिलाले झापा गोल्डकप नि:शुल्क हेर्न पाउने
सोमबार, २३ फागुन २०७८, २० : २३
नारी दिवसको अवसरमा पाँचौ झापा गोल्डकप अन्तर्गत मंगलबारको खेलमा नारीहरूले नि:शुल्क खेल हेर्न पाउने भएका छन् । आयोजकले सोमबार एक विज्ञप्ती जारी गर्दै ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गोल्डकपअन्तर्गत मंगलबार तय थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको हो ।
‘समस्त आमा,दिदिबहिनीहरुप्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते मंगलबार झापा गोल्डकपको खेल प्रतियोगिता निःशुल्क हेर्ने व्यवस्था मिलाइएको सबैमा जानकारी गराउदछौं । साथै यस अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनहुन सबै महिलामा अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ ।
जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने