प्रचण्डले भने– केन्द्रीय समिति बैठक वस्तुवादी निर्णय गर्न सफल भयो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको सोमबार सम्पन्न बैठक वस्तुवादी निर्णय गर्न सफल भएको दाबी गरेका छन् । बैठक समापनका क्रममा सम्बोधन गर्दै उनले पार्टी एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको समयमा त्यस्तो चिन्ता अन्त्य गर्न सफल भएको दाबीसमेत गरे ।
पार्टी एकता सम्बन्धमा देखिएका समस्या, निर्वाचनका सम्बन्धमा देखिएका समस्या र एमसीसीसँग सम्बन्धित समस्यालाई व्यापक बहस, छलफल गरेर रचनात्मक र सिर्जनात्मक विकास गर्न बैठक सफल भएको उनले बताए । उनले भने, ‘यो भन्दा वस्तुवादी निर्णय अर्को सम्भव थिएन ।’ उनले माओवादी केन्द्रलाई विभाजन गर्न अनेक प्रयास भइरहेको सन्दर्भमा पार्टी एकता जोगाउन सबैले मेहनत गर्नुपर्ने बताए । पार्टीमा वैचारिक अस्पष्टता र दिग्भ्रम देखा परेका छन् र तिनलाई सच्याउन सकिन्छ भन्ने विश्वास महाधिवेशनमै व्यक्त भएको स्मरण गराउँदै उनले माओवादी केन्द्रले नै क्रान्तिकारी प्रवृत्तिलाई विकास गर्न सक्छ भन्ने निष्कर्षसमेत निकालिएको बताए ।
उनले माओवादी केन्द्रमाथि वैचारिक राजनीति र राजनीतिक मुद्दाका कारणले आक्रमण हुने गरेको पनि प्रस्ट पारे । यस अतिरिक्त माओवादी केन्द्र एउटा शक्तिका रुपमा स्थापित भइसकेका कारण पनि यसविरुद्ध आक्रमण हुने गरेको उनको भनाइ थियो । यी परिस्थितिलाई विश्लेषण गर्दै अब विभाजन हुनेतिर होइन, वैचारिक ढंगले अझ प्रस्ट पार्ने, अझ एकतावद्ध पार्ने हिसाबले यो विवादलाई सदुपयोग गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘चुनाव केन्द्रित भएर गयौं भने देशको राजनीतिमा मुख्य भूमिका खेल्ने शक्ति बन्न सम्भव छ, आफूभित्रको शक्तिलाई हामीले बिर्सनु भएन ।’ एमसीसीबारे स्थानीय निर्वाचनपछि पार्टीमा बहस हुने र पदाधिकारी चयन लगायतका काम पनि आगामी जेठमा बस्ने बैठकले टुङ्गो लगाउने प्रस्ट पारे ।
यस्तै माओवादीले रसिया र युकेनबीच जारी युद्धको शान्तिपूर्ण निकास खोज्न पनि आग्रह गरेको छ । जारी युद्धमा संयमता अपनाउँदै दुबै पक्षलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण निकास खोज्न माओवादीले आग्रह गरेको हो । माओवादीको शुक्रबारदेखि सुरु भएको माओवादीको बैठक विभिन्न निर्णय गर्दै सोमबार सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’