शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादीमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल

सोमबार, २३ फागुन २०७८, १८ : ४४
सोमबार, २३ फागुन २०७८

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए  ।

 अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमाथि पोलिटब्युरोमा छलफलसहित परिमार्जन गरेर केन्द्रीय समितिमा पेश गर्ने प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले जानकारी दिए । उनका अनुसार पोलिटब्युरोको बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेण्डा अनुमोदन गरेकाे छ । ‘पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन्छ’, खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप