आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बैंकले ल्यायो महिलालक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

सोमबार, २३ फागुन २०७८, १८ : ३५
सोमबार, २३ फागुन २०७८

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।

मासिक न्युनतम २५ हजार रुपैयाँ र सोही गुणङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगायत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जानकारी दिएको छ । 

१० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सूविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भएपनि मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दाबी छ । नेपालभर २१३ शाखा, १४८ एटीएमका साथै ४७ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सुविधा पु¥याइरहेको बैंकले जनाएको छ ।

हाल बैंकले ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा दिन थालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप