माओवादीले बनायो चुनावी कमाण्ड, प्रदेश इन्चार्ज पनि तोकियो
आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो ।
सोमबार सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन् भने ती कमाण्डले फेरि तल्लो तहसम्म अर्को कमाण्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण