नवलपरासीको नहरमा एक युवकको शव फेला
सोमबार, २३ फागुन २०७८, १८ : ३१
सोमबार दिउँसो पश्चिम नवलपरासी प्रहरीले नहरमा एक जना युवकको शव फेला पारेको छ । जिल्लाको प्रतापुर गाउँपालिका – ७ सुर्यपुरा स्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्र (पावर हाउस) को पुर्व तर्फ गण्डक नहरमा अन्दाजी २५ बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५ फिट ७ ईन्च उचाई भएको, निलो रंगको पाइन्ट लगाएको शव फेला परे पनि अहिले साँझ सम्म पहिचान हुन नसकेकाले उल्लेखित हुलिया भएको कसैको आफन्त हराएको भए प्रहरीमा सूचित गर्न त्यहाँका प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले अनुरोध गरेका छन् ।
नहरमा डुबेको शव निकाली पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी