माओवादीमा ३४४ मा २५ प्रतिशत नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको २५ प्रतिशत संख्या नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले बैठकपछि जानकारी दिए । उनले बैकल्पिक केन्द्रीय सदस्यलाई भोटिङ राइट भने नहुने बताए । ‘उनीहरुको भोटिङ राइट हुदैन तर पदीय हिसाबमा केन्द्रीय सदस्य हुन्छन्’, नेता पुनको भनाइ छ ।
त्यस्तै नेताहरुको कार्यविभाजन पनि यही बैठकले गर्ने पुनको भनाइ छ । तर पदाधिकारी, स्थायी र पोलिटब्युरो आगामी जेठ २० गते बस्ने बैठकले टुङ्गो लगाउने पुनले जानकारी दिए । एमसीसीबारे अनुमोदन गरेअनुसार नै जनतामा जाने तर जेठ २० मा बस्ने बैठकमा फरक मतमाथि छलफल गर्ने माओवादीले जनाएको छ । माओवादीले आगामी स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा तालमेलका आधारमा उम्मेदवार उठाउने निर्णय पनि माओवादीले गरेको छ ।
‘हामीले सवै ठाउमा आफ्नो तरिकाले तयारी गरिरहेका छौ । मिल्न सक्ने ठाउमा कार्यदलको सुझावका आधारमा उमेद्वारहरु छनोट हुन्छन् नत्र आफ्नै ढंगले लड्ने भन्ने निर्णय भएको छ’, नेता पुनले बैठकले गरेका निर्णयबारे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा