मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु

सोमबार, २३ फागुन २०७८, १८ : १९
सोमबार, २३ फागुन २०७८

विद्यालयबाट घर फर्किदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षीया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । गम्भिर घाइते किशोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता जोशीले बताए ।  घटनापछि ट्रक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप