भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता
सोमबार, २३ फागुन २०७८, १८ : ०९

पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।
भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए ।
अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश