के युद्धसँगको प्रेममा छिन् पूजा ?

पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई गाली गरेको कारण पछिल्लो समय सामाजिक सञ्जालको तारो बनेकी अभिनेत्री पूजा शर्मा बेलाबेलामा प्रेमका कारणले समेत चर्चामा छाउने गरेकी छन् ।
पछिल्लो समय युद्ध बानियाँसँगको उनको प्रेमको विषय मिडियामा समाचार बन्न थालेको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा युद्ध बानियाँ सँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘तपाई हुनुहुन्छ ।’ पोष्टको अन्त्यमा उनले प्रेमको प्रतिक समेत राखेकी छन् । उनको पोष्टमा दुबैलाई सबैले बधाई दिइरहेका छन् ।
उनको पोष्टलाई कतिपय मिडियाले ‘पूजाले सार्वजनिक गरिन् प्रेमी’ शीर्षकका समाचार समेत बनाएका छन् । मिडियामा छाएका यस्ता समाचारमा उनी मौन छिन् । उनी र युद्धसँगका विवाह हल्ला समेत चलिरहेको छ । पूजा र युद्धको प्रेम र विवाह हल्लालाई फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनले थप बल पुर्याएको छ । फिल्मको प्रदर्शनमा यी दुबै उपत्यका र उपत्यकाबाहिर एकसाथ देखिएका थिए ।
हुन त युद्ध र पूजाको प्रेमको चर्चा यो पहिलो होइन । यस अगाडि पनि कयौपटक यस्ता चर्चा भइसकेका छन् । तर, उनीहरु दुबैले खुलेर प्रेम समेत स्वीकार नगरिरहेको अवस्था हो । पूजाको यसअगाडि आकाश श्रेष्ठसँग प्रेमको हल्ला चल्ने गरेको थियो । युद्धसँग नाम जोडिन थालेपछि आकाश र पूजाको प्रेमका गसिफ सेलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्दा र सुनिताले गर्न लागेका हुन् सम्बन्धविच्छेद ?
-
प्रतिनिधि सभा बैठक : भौतिक पूर्वाधारको काम समयमै सम्पन्न गर्न सांसदहरूको माग
-
ओली जोरपाटीमा, ४ जना पक्राउ
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
-
सशस्त्र प्रहरी स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित पशुपतिमा खटिने
-
नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो