तेल किनेको पैसा तिर्न आयल निगमलाई सरकारले ४ अर्ब २५ करोड दिने
![तेल किनेको पैसा तिर्न आयल निगमलाई सरकारले ४ अर्ब २५ करोड दिने](https://rpcdn.ratopati.com/media/albums/oil_nigam_nepal_oil_yFEhFnXRqf.jpg)
इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग पेट्रोलियम पदार्थ खरिद गरेको पैसा तिर्न आयल निगमलाई सरकारले रकम दिने भएको छ । सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको हो ।
सरकारले पेट्रोलियम पदार्थको बिक्रीबापत प्रतिलिटर १ प्रतिशतका दरले मूल्य स्थिरिकरण कोषमा जम्मा गर्छ । यो रकम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्थानीय मूल्य घटाउने लक्ष्यसहित खर्च गरिन्छ । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्न थालेपछि निगम तेल किनेको पैसा तिर्न समेत नसक्ने गरी थलिएको छ । सोही रकम तिर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा रहेको मूल्य स्थिरिकरण कोषले निगमलाई उक्त रकम दिने भएको हो ।
निगमले पछिल्लो पटक मूल्य बढाएर पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुर्याएको थियो । मूल्य बढाएपछि पनि निगमलाई १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट २ अर्ब ५० करोड रुपैयाँ घाटा छ । कोषले निगमलाई तेल किनेको पैसा भुक्तानी गर्न यसअघि १ अर्ब ८० करोड रुपैयाँ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलादीमा एकीकृत समाजवादीको बन्दसत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
-
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न
-
देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी
-
प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन