माओवादीमा ३४४ जना केन्द्रीय सदस्य र ८५ जना वैकल्पिक केन्द्रीय सदस्य हुने
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी ३४४ जनाको रहने भएको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले २४७ जनाको केन्द्रीय कमिटी रहने प्रस्ताव गरेका हुन् । यस्तै अन्य नेताहरुलाई समेट्न ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने पनि प्रचण्डले प्रस्ताव गरेका छन् ।
प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए । प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने बताए । जसअनुसार केही मनोनित भइसकेको र बाँकी विभिन्न तहको कमिटीबाट आउने सिफारिसका आधारमा मनोनयन गरिने बताए ।
प्रचण्डका अनुसार केन्द्रीय समिति जम्बो बनाउन नसकिने भएकाले नै वैकल्पिकको व्यवस्था गरिने बताएका छन् । आजको बैठकमा प्रचण्डले ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।
प्रचण्डले केन्द्रीय सदस्य र वैकल्पिक सदस्यहरुको सूची केन्द्रीय कार्यालयले अन्तिम रुप दिने पनि बताएका छन् ।
-सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
