माओवादीमा ३४४ जना केन्द्रीय सदस्य र ८५ जना वैकल्पिक केन्द्रीय सदस्य हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी ३४४ जनाको रहने भएको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले २४७ जनाको केन्द्रीय कमिटी रहने प्रस्ताव गरेका हुन् । यस्तै अन्य नेताहरुलाई समेट्न ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने पनि प्रचण्डले प्रस्ताव गरेका छन् ।
प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए । प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने बताए । जसअनुसार केही मनोनित भइसकेको र बाँकी विभिन्न तहको कमिटीबाट आउने सिफारिसका आधारमा मनोनयन गरिने बताए ।
प्रचण्डका अनुसार केन्द्रीय समिति जम्बो बनाउन नसकिने भएकाले नै वैकल्पिकको व्यवस्था गरिने बताएका छन् । आजको बैठकमा प्रचण्डले ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।
प्रचण्डले केन्द्रीय सदस्य र वैकल्पिक सदस्यहरुको सूची केन्द्रीय कार्यालयले अन्तिम रुप दिने पनि बताएका छन् ।
-सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग