आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

सोमबार, २३ फागुन २०७८, १७ : २९
सोमबार, २३ फागुन २०७८

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।

सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम कमर्शियल बैंकको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप