सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

सोमबार, २३ फागुन २०७८, १७ : ०४
सोमबार, २३ फागुन २०७८

नेपाली काँग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । 

विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो । निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर काँग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए । 

आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदान स्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् । काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप