पेस्तोल र ब्राउन सुगर सहित बाँकेबाट ३ जना पक्राउ
बाँकेको खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट प्रहरीले अटोमेटिक पेस्तोल र ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका रविन्द्र थापा उर्फ गल्छी, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिश थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर छन् ।
ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ ।
आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र थापाको घरमा सँगै भेटिएका हुन् । बरामद पेस्तोलको म्याग्जिन फेला परेको छैन् । प्रहरीका अनुसार मनिश र सुरेश रविन्द्र थापासँग लागु औषधका कारोबार गर्न उनको घरमा पुगेका थिए । आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय