स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने
सोमबार, २३ फागुन २०७८, १९ : ५०

आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाई छ ।
यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी प¥यो भने ति नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिए ।
आयोगले चैतको सातादेखि निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ । हाल निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री खरिद प्रक्रिया चलिरहेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?
-
ध्यान केन्द्र बनाउन विदेशी अनुदान चाहिन्न
-
आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा
-
वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बीएन घर्ती नियुक्त