भन्सार छलेको अभियोगमा चार जना विरुद्ध मुद्दा दायर
![भन्सार छलेको अभियोगमा चार जना विरुद्ध मुद्दा दायर](https://rpcdn.ratopati.com/media/albums/High-Court_patan_hetauda_tueae56q9i.jpg)
कानुनले तोकेअनुसारको राजस्व र भन्सार महसुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो ।
विभागले चार जनाविरुद्ध चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?
-
माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीति गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने