स्कुलस्तरीय राष्ट्रव्यापी बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि
नेपाल बक्सिङ संघको सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय ब्वाइज÷गल्र्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहकाले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुस्करराज पन्तले जानकारी गराए । पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुने छ ।
प्रतियोगितामा करिब २२–२५ जिल्ला तथा क्लबका ७०–८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजिकले जनाएको छ । प्रतियोगिता नोभेम्बरमा बहराइनमा हुने एएसबीसी एसियाली स्कुल बक्सिङ प्रतियोगिताका लागि खेलाडीको प्रारम्भिक छनोटका रुपमा रहेको छ ।
करिब १२ लाख अनुमानित खर्च रहेको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्कुल स्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउदै आयोजकलाई धन्यवाद दिए । प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्णधारीत्रय भूपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती