शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप ८८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

सोमबार, २३ फागुन २०७८, १९ : ००
सोमबार, २३ फागुन २०७८

देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप