रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ
भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् ।
चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।
नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा फरार छिन् । उनि बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए ।
राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण