बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको सुपरम्यान जीपलाइनमा सरर....

सोमबार, २३ फागुन २०७८, १६ : ०४
सोमबार, २३ फागुन २०७८

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् ।  कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् । 

अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् । 

शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जिप लाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु ।’ 

हार्नेस जिपलाइन प्रालि कुश्माले सञ्चालनमा ल्याएको सुपरम्यान जिपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।

शो जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।  यस्तै अध्यक्ष तिमिल्सिनाले नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप