बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘जागिर लगाइदिन्छौँ’ भनेर ठगी, जब सेन्टरका ९ जना सञ्चालक पक्राउ

चोकमा ‘रोजगारको अवसर’ लेखिएको पर्चा वितरण
सोमबार, २३ फागुन २०७८, १५ : ५७
सोमबार, २३ फागुन २०७८

काठमाडौंका चोक–चोकमा ‘रोजगारको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी हुने गरेको भेटिएको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारेको छ ।

जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मारेको छ ।  

पक्राउ पर्नेमा सोसाइटी वेल्फेयर फ्सिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालि कोटेश्वरका सञ्चालक २६ वर्षीय अमर पाण्डे, सो जब सेन्टरको बानेश्वर शाखाका प्रबन्धक ३२ वर्षीय तिलकराम पाण्डे, बालाजुस्थित  दूधपोखरी जब प्लेसमेन्ट ट्रेनिङ सेन्टरका सञ्चालक २२ वर्षका आनन्द मरहठ्ठा र एनएन मल्टी पर्पोज प्रालि कोटेश्वरका सञ्चालक विवेक यादव छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अँधेरी घर भएका २८ वर्षीय अश्विन राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्विन कोटेश्वरको एबिएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक हुन् । कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक २३ वर्षीय घनश्याम पहाडी पनि पक्राउ परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भएका पहाडी जडिबुटीमा बस्दै आएका थिए ।

पक्राउ पर्नेमा चावहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक २५ वर्षीया सिर्जना लामिछाने छिन् । रौतहटको चन्द्रनिगाहापुर घर भएकी लामिछाने जडिबुटी बस्छिन् । त्यस्तै, कोटेश्वरमा रहेको अनमोल जन मल्टिप्रपोजका सञ्चालक २२ वर्षीय रामवचनकुमार यादव र कोटेश्वरको क्विकमाण्डु मल्टिप्रपोजकी सञ्चालिका ४० वर्षीया ज्ञानु न्यौपानेलाई महाशाखाले नियन्त्रणमा लिएको छ । विराटनगर उप–महानगरपालिका–४ घर भएकी न्यौपाने कोटेश्वरमा बस्छिन् ।

जागिरको चार्ज र फारम खर्च लिएर ठगी  
जब सेन्टरका सञ्चालकहरूले सामाजिक सञ्जाल र चोकमा पर्चा वितरण गरेर विज्ञापन गर्थे । जागिर पाउने आशामा ‘जागिर केन्द्र’मा पुग्नेहरूलाई उनीहरुले फारम शुल्क बापत ३ देखी ५ सय असुल्ने गरेका थिए । केहिदिन तालिम गराउने र त्यसपछि जागिर शुल्क भनेर ४ हजार देखि ५ हजारसम्म असुलेर हैरानी दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘जागिर दिने नाममा जब सेन्टर सञ्चालकहरूले पैसा असुल्ने तर, हैरानी मात्रै दिने गरेको थाहा भएको छ’ महाशाखाका एसएसपी कुँवर भन्छन्–‘जब सेन्टरबाट धेरैजना पीडित भएको भेटिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप