बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाबालिकाको अश्लिल तस्बिर फेसबुकमा पोष्ट गर्ने व्यक्ति पक्राउ

सोमबार, २३ फागुन २०७८, १५ : ५०
सोमबार, २३ फागुन २०७८

एक नाबालिकाको अश्लील तस्बिर तथा नाबालिकाको नामसँग जोडिएको अश्लिल स्टाटस फेसबुकमा पोष्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका २१ का दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो । 

साइबर ब्युरोका प्रवक्ता नवीन्द अर्यालका अनुसार दिपु भन्ने विकास महर्जनले धादिङकी एक नाबालिकाको अश्लील तस्वीर तथा नाबालिकासँग जोडिएका अश्लिल विषयहरुलाई सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गर्ने गरेका थिए ।

महर्जनले नाबालिकाको अश्लील तस्बिर खिचेको र ती तस्बिरहरुलाई प्रयोग गरी धम्काउने, ब्ल्याकमेल गर्ने गरेका थिए । पछि नाबालिका निज महर्जनसँग टाढिन थालेपछि उनले नाबालिकाको अश्लिल तस्बिर तथा उनीसँग जोडिएका स्टाटसहरु फेसबुकमा पोष्ट गर्न थालेका थिए । 

दिपु भन्ने विकास महर्जनले आफ्नो चरित्र हत्या गरेको र आफूमाथि ब्ल्याकमेल गरेको भन्दै पीडित नाबालिकाको परिवारले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै फरार भएका महर्जनलाई साइबर ब्यूरोको टोलीले फागुन २२ गते आइतबार पक्राउ गरेको हो । 

पक्राउलगत्तै महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नुअघि नै जाहेरी आएको र जाहेरीपछि प्राविधिक विश्लेषण गर्दा आरोपीले कसुर गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको हो । 

२९ वर्षीय महर्जनले १६ वर्षीय नाबालिकाको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । महर्जनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप