प्रचण्डले पुरा गरे बचन, युवालाई महत्त्व
सोमबार, २३ फागुन २०७८, १५ : ४२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिने भनेर गरेको बचन पुरा गरेका छन् । अध्यक्ष प्रचण्डले गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशन हलमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दा पार्टी संगठनमा लामो योगदान गरेका युवा विद्यार्थीहरु नपरेको भन्दै युवाहरूबाट असन्तुष्टि भएको थियो ।
त्यसपछि अध्यक्ष प्रचण्डले केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका युवा विद्यार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याउने बताएका थिए । सोही बचनअनुसार प्रचण्डले विस्तारित केन्द्रीय समितिमा रञ्जित तामाङ, उत्तम अधिकारी, विष्णु सापकोटा, सुमन देवकोटा, रमेश मल्ल लगायतलाई समेटेका हुन् । उनीहरुलाई क्लस्टर अनुसार केन्द्रीय समितिमा सिफारिस गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक