सञ्चालनमा आएन ‘सभागृह’
विसं २०७० अघि बनिसक्नुपर्ने सभागृह पाँच वर्ष ढिलागरी सम्पन्न भए पनि अझै सञ्चालनमा आउन सकेको छैन् । कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षअघि निर्माण थालिएको सभागृह (सिटीहल) मा करोडौँ रुपैयाँ खर्च गरिए पनि त्यसलाई सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायको ध्यान पुगेको छैन् ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लगानीमा यहाँ ठूला सभा, सम्मेलन तथा अन्य प्रयोजनका लागि बजारको मुटुमै पाँच बिघा जमिनमा सभागृह निर्माण थालिएको थियो । नगरविकास समिति यहाँको भीमदत्त नगर विकास समितिका रुपमा स्वामित्व प्रदान गरिए पनि उक्त समितिले सभागृह सञ्चालनका लागि मापदण्डसमेत बनाउन सकेको छैन् ।
सभागृह निर्माणको जिम्मेवारी पाएको श्यामसुन्दर र गौरी पार्वती जेभीले २०७५ जेठमा निर्माण सकेको थियो । दश वर्षमा पाँच पटक म्याद थप भएर बनेको सभागृह सुरुआतमा रु छ करोड ८१ लाखमा ठेक्का आह्वान भएको थियो । पछि सभागृहको लागत बढेको हो ।
भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामीले नगर विकास समितिले चाँडै मापदण्ड बनाएर सञ्चालन गर्ने तयारी थालेको बताए । “मापदण्ड बनेपछि समितिले स्वीकृत गरेर सञ्चालनका लागि अग्रसर हुन्छ”, उनले भने, “अहिले पालिकास्तरको भूमिसम्बन्धी काम अस्थायी रुपमा सभागृहबाट हुँदैछ ।” अपाङ्मैत्री सभागृहमा एक हजार मान्छे अटाउने क्षमता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका