झिनो अंकले नेप्सेमा सुधार, कारोबारमा खासै सुधार आउन सकेन
सोमबार, २३ फागुन २०७८, १५ : १५

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको थियो ।
तर, यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज पनि २.१४ अंकले बढ्दै ४९२.२६ विन्दुमा उक्लिएको छ । यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् भने बाँकी अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
१.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३ अंकले घटेको बजारमा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
-
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो