शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

११ वर्षीय युक्रेनी बालक एक हजार किलोमिटर हिडेर स्लोभाकिया पुगे

सोमबार, २३ फागुन २०७८, १४ : ३१
सोमबार, २३ फागुन २०७८

युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए । 

ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको बताइएको छ । सो क्षेत्रमा रहेको एउटा आणविक केन्द्रलाई रुसी फौजले गत साता नियन्त्रणमा लिएको थियो । समाचार विवरणअनुसार विरामी आफन्तको हेरचाह गर्न उनका अभिभावक युक्रेनमै बस्नु परेको थियो । आफ्नो अविस्मरणीय यात्रा पूरा गरेको भन्दै उनलाई स्लोभाकियाली गृहमन्त्रालयले ‘पछिल्लो रातको सबैभन्दा ठूलो नायक’ भनेको छ । विवरणअनुसार बालककी आमाले एउटा रेल चढाएर स्लोभाकिया पठाएकी थिइन, जहाँ उनले आफ्ना नातेदार फेला पार्न सकुन् । 

उनीसँग एउटा प्लाष्टिकको झोला, पासपोर्ट र पट्टयाइएको नोटमा एउटा सन्देश लेखिएको थियो । ठेगानासहितको कागज लिएर स्लोभाकिया पुगेपछि सीमामा खटिएका अधिकारीहरुले राजधानी ब्राटिस्लाभामा रहेका उनका आफन्तजनहरुलाई सम्पर्क गर्न सहज भएको थियो । उनीहरुले लगत्तै त्यहाँ उनका आफन्तहरुलाई सुम्पिदिएका थिए । 

छोराको हेरविचार गरेकोमा बालककी आमाले स्लोभाक सरकार र प्रहरीलाई धन्यबाद दिएकी छिन् । स्लोभाकियाका गृहमन्त्रीले फेसबुकमा बालकबारे कमेन्ट गर्दै उनको ‘निडर र दृढता’को प्रशंसा गरेका छन् । ‘प्लास्टिकको झोला, राहदानी र हातमा फोन नम्बर लेखेर उनी एक्लै आए, किनकी उनका अभिभावक युक्रेनमा बस्नुपर्ने थियो,’ मन्त्रालयले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप