आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डका छोरी र ज्वाईं नै बने केन्द्रीय सदस्य

सोमबार, २३ फागुन २०७८, १४ : ३०
सोमबार, २३ फागुन २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् । आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप