आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोदीले युक्रेनका राष्ट्रपतिसँग गरे कुराकानी, मागे सहयोग

सोमबार, २३ फागुन २०७८, १४ : २६
सोमबार, २३ फागुन २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार युक्रेनका राष्ट्रपति वोलोलिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेर सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्नमा सहयोग मागेका छन् । दुबै नेताबीच करिब ३५ मिनेटसम्म कुराकानी चल्यो ।

समाचार एजेन्सी एएनआईले भारत सरकारलाई उद्धृत गर्दै दुई नेताले युक्रेनमा परिवर्तित स्थितिको विषयमा चर्चा गरेको जानकारी दियो ।

कुराकानीका बेला मोदीले रुस र युक्रेनबीच लगातार जारी वार्ताको पनि प्रशंसा गरे ।

भारतीयलाई युद्धक्षेत्रबाट सुरक्षित निकाल्नमा पाएको मद्दतका लागि मोदीले युक्रेनका राष्ट्रपतिलाई धन्यवाद दिए ।

समाचार एजेन्सी पिटिआईका अनुसार मोलीले जेलेन्स्कीसँग सूमीमा फसेका भारतीय विद्यार्थीलाई निकाल्न सहयोग मागेका छन् ।

भारतले अहिलेसम्म १६ हजारभन्दा बढी भारतीयलाई फिर्ता ल्याइसकेको छ । तर सूमीमा अहिलेसम्म ७ सय विद्यार्थी फसेका छन् । सुरक्षित करिडोर नबनेका कारण उनीहरुलाई निकाल्न मुश्किल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप