मन्त्री हेरफेरबारे छलफल भएको छैन : बर्षमान पुन
सोमबार, २३ फागुन २०७८, १४ : १७

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले पार्टी र गठबन्धनभित्र मन्त्रीहरुको हेरफेरबारे कुनै छलफल नभएको बताएका छन् । ‘अहिले सरकारका मन्त्रीहरुको हेरफेरबारे गठबन्धनमा कुनै पनि छलफल भएको छैन । र अहिले त्यसको एजेण्डा पनि बनेको छैन’, नेता पुनले सोमबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । फरक प्रसंगमा नेता पुनले अर्थमन्त्रीसँग प्रधानमन्त्री आफैले कुरा गर्नुपर्ने बताए ।
‘अहिलेको प्रधानमन्त्रीको मुख्य जिम्मेवारी कोभिडबाट बिथोलिएको अर्थतन्त्र सम्हाल्ने हो । त्यसमा स्वभाविक रुपमा एक्सपर्टिजको हिसाबले र मन्त्रालयको हिसाबले अर्थमन्त्रीको दायित्व हुन्छ’, नेता पुनको भनाइ छ । उनले प्रधानमन्त्रीले आफ्नो अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गरे नगरे भोलि एवीसीडी जो अर्थमन्त्री आएपनि सक्सेस हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै