अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी
बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।
उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला । उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् ।
बच्चन धेरै पहिले फिल्म ‘महान’ को सुटिङका लागि नेपाल आएका थिए । उनको अभिनय रहने फिल्म ‘उचाई’ समेत केही अगाडि छायाङ्कन भएको थियो । फिल्म छायाङ्कनका लागि पहिले उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपाल सुटिङ क्यान्सिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीको प्रकोप तथा खाद्य पदार्थहरूको स्वच्छताको जोखिम न्यूनीकरण गर्न आग्रह
-
नेपाली मूलका कलाकार अमेरिकामा चित्रकला प्रतियोगितामा प्रथम
-
हेड चम्किँदा इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियालाई शृङ्खला
-
देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा
-
कामिन्दु मेन्डिस अर्थात् श्रीलंकाली ‘ब्राडम्यान’
-
मनसुनीको वायुको प्रभाव कायमै : यी क्षेत्रमा वर्षाको सम्भावना