गरिमा विकास बैंकको लकर सुविधामा छुट
सोमबार, २३ फागुन २०७८, १४ : ००
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो । आफ्नो गहना, सामान र कागजपत्रलाई सुरक्षित राख्ने सुविधामा लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुलकमा ५० प्रतिशत(पहिलो वर्षका लागि मात्र) छुटको व्यवस्था गरेको हो ।
ग्राहकहरुले न्युरोड शाखा(काठमाडौं), कुमारीपाटी शाखा(ललितपुर), सुर्यविनायक शाखा(भक्तपुर), सभागृह शाखा(कास्की), वगर शाखा(कास्की), नारायणगढ शाखा(चितवन), बुद्वचोक शाखा(चितवन)र धरान शाखामा उक्त छुट लिन सकिन्छ । पहिले नै यस नारी बचत खाता भएकाहरुले पनि यो सुविधा लिन सक्छन् । बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड