बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘एक मिनेट पनि रोकिएन बमबारी’, युक्रेनमा रुसी हमलाको ११ दिनसम्म के-के भए ?

सोमबार, २३ फागुन २०७८, १३ : ३५
सोमबार, २३ फागुन २०७८

युक्रेनमा रुसी हमलाको आज १२ औँ दिन हो । राजधानी किभको उत्तर पश्चिमीको शहरमा लगातार बमबारी जारी छ र रुसी सेना किभमा प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।

बूचा, होस्तोमेल र इरपिनमा रुसी बलसँग भीषण संघर्ष जारी छ । स्थानीयलाई विश्वास गर्ने हो भने यहाँ बिस्फोट नभएको एक मिनेट पनि छैन ।

इरपिनबाट भाग्ने कोसिस गर्दा एकै परिवारका चारजनाको मृत्यु भयो । यो परिवार जुन पुलबाट यात्रा गरिरहेका थिए रुसको मोर्टार त्यहाँ नै खस्यो ।

युक्रेनका उप–प्रधानमन्त्रीले रुसले अब नागरिकलाई निशाना बनाइरहेको र उनीहरुले अस्पताल, स्कूलमा हमला गरिरहेको बताएका छन् ।

उप–प्रधानमन्त्री ओल्हा स्टेफनीशिनाले बीबीसीसँगको कुराकानीमा युक्रेनी सेनाको तर्फबाट कडा प्रतिरोधपछि रुसले नागरिकविरुद्ध थुप्रै अभियान चलाएका छन् ।

उनले रुसमाथि ‘आतंकवादी योजना’ बनाएको आरोप लगाए, जसले हावा र जमिन दुबैतर्फबाट हमला गरिरहेका छन् ।

दोस्रो विश्वयुद्धपछि युुरोपमा सबैभन्दा ठूलो शरणार्थी संकट : यूएन

युक्रेनी शरणार्थीको संख्या तीब्र रुपमा बढ्दै गइरहेको छ । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सी (यूएनएचसीआर) का अनुसार १० दिनभित्रै १५ लाख जना युक्रेनबाट भागेका छन् ।

एजेन्सीको हाई कमिश्नर फिलिपो ग्रेन्डीले यसलाई दोस्रो विश्वयुद्धपछिको अहिलेसम्मको सबैभन्दा तीब्र रुपमा बढिरहेको शरणार्थी संकट बताएका छन् ।

सबैभन्दा धेरै शरणार्थी पोल्याण्ड पुगेका छन् । पोल्याण्डको सीमा सुरक्षाका जवानका अनुसार २४ फेब्रुअरीदेखि अहिलेसम्म यहाँ ९ लाख २२ हजार ४०० शरणार्थी पुगेका छन् ।

मारियुपोलमा पुनः रोकियो उद्धार अभियान

मारियुपोलमा फसेका मानिसलाई निकाल्नका लागि दोस्रो कोसिस पनि केही घण्टामा नै विफल भयो । दुबै पक्ष एक–अर्कामाथि संघर्षविराम तोडेको आरोप लगाइरहेका छन् ।

अन्तरराष्ट्रिय संस्था रेड क्रसले यहाँबाट २ लाख जनालाई निकाल्ने काम छिट्टै सुरु हुने आशा जताएको छ । रेडक्रसका अनुसार उनको टिमले हमला सुरु हुनुअघि मारियुपोलबाट जेपोरजियासम्म बाटो खोल्न सुरु गरेको थियो ।

मारियुपोल प्रशासनका अनुसार नागरिकलाई यहाँबाट निकाल्ने योजना यसकारण रोकियो किनभने रुसको गोलीबारीले मानिसको सुरक्षित निकासलाई असम्भव बनाइदिएको थियो ।

यो शहर पाँच दिनदेखि पानी, बिजुली सर–सफाई बिना बाँचिरहेको छ । मानिससँग पिउने पानी र खाना पनि तीब्र रुपमा अभाव भइरहेको छ ।

रुसभरी प्रदर्शन जारी, हज्जारौँलाई हिरासतमा लिइयोः

मानवाधिकार समूह र रुसी प्रशासनको तर्फबाट पाएको जानकारी अनुसार आइतबार पूरा रुसमा युद्धविरुद्ध प्रदर्शन गर्ने चार हजारजनालाई हिरासतमा लिइयो ।

गृहमन्त्रालयलाई उद्धृत गर्दै रिया न्यूज एजेन्सीले दिएको जानकारी अनुसार यीमध्ये १७०० जनालाई त मस्कोबाट मात्रै पक्राउ गरिएको हो ।

ओवीडी–इन्फो राइट्स ग्रुपका अनुसार पश्चिममा सेन्ट पिटर्सबर्गदेखि पूर्वमा व्लादिवोस्तकसम्म रुसका ५३ शहरमा मानिसलाई हिरासतमा लिइयो ।

रुसमा पछिल्लो वर्षमा प्रदर्शनमाथि प्रतिबन्ध लगाइएको छ तर युक्रेनमा रुसको हमलापछि त्यहाँ थुप्रै र्याली आयोजना भएका छन् ।

ओवीडी इन्फोका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म १० हजारभन्दा बढीलाई हिरासतमा लिइएको छ ।

युद्धमा सैनिक जोडीले गरे विवाहः

यो भयानक स्थितिका बीच केही खुसीका पल पनि देखियो ।

किभ नजिकै एक सैन्य चेकपोइन्टमा एक युक्रेनी जोडीले विवाह गरे ।

यो विवाहमा किभका मेयर विताली क्लित्स्को पनि पाहुना बनेर पुगेकी थिइन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप