भारतमा कोरोना भाइरसबाट थप चार हजार ३६२ सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५४ हजार ११८ पुगेको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ । भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा नौ हजार ६२० कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ९८ हजार ९५ पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार १०२ को मृत्यु भएको छ । तीमध्ये ६६ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
गत आइतबार एक दिनमा भारतमा ६ लाख १२ हजार ९२६ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भयबाट हालसम्म ७७ करोड ३४ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म एक अर्ब ७८ करोड ९० लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?