एनएमबी बैंकको शाखा अब मोरङको बेलबारीमा
सोमबार, २३ फागुन २०७८, १३ : ३६
एनएमबी बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा आफ्नो १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीद्वारा शाखा शुभारम्भ गरिएको हो ।
साथै, कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापतित्वमा शाखाको विधिवत उद्घाटन भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सरकार तथा निजी क्षेत्रको सहकार्य बेलबारीमा नगद रहित सेवा शुरु गरिएको भन्दै सेवाग्राहीलाई वित्तिय सेवा लिन अनुरोध गरेका छन् । बैंकले देशभरी १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटिएम मार्फत वित्तिय सेवा प्रदान गदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता
-
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत सङ्ग्रह : प्रचण्ड
-
सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका
-
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्चको आदेश
-
तस्बिरमा यस्तो देखियो एमालेको चुनावी सभा
-
रवि पोखरा एयरपोर्टमा, केही बेरमै काठमाडौँ ल्याइने