नोबेल कलेजका अनसनरत १० विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन
संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्स पूरा गरिदिनुपर्ने बताइन् । उनले विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन् । सभापति घर्तीले नेपालमा कानुन आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताइन् । उनले कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।
समिति सभापति घर्तीले भन्नुभयो, ‘विद्यार्थीहरूलाई अतिरिक्त क्लास को व्यवस्था गरेर छुटेको कोर्स पूरा गराउनु पर्छ । अन्यत्र भए पनि व्यवस्था गरेर त्यसलाई छिटो भन्दा छिटो उनीहरूको पढाई सुरु गर्ने वातावरण सिर्जना गरोस् भन्ने म शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगलाई समितिको तर्फबाट निर्देशन दिन चाहन्छु । अटेरी गरेको भन्ने हामीले सुनिरहेका छौँ । तपाईंहरू कानुनअनुसार जानुस् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौँ, त्यो ऐन अनुसार अघि बढ्नुहोस् । हामी मन्त्रालयलाई पनि निर्देशन पठाउँछौँ । जसरी हुन्छ बच्चाबच्चीलाई तत्काल, एक हप्ताभित्र पढ्न पाउने व्यवस्था गरिदिनुपर्छ ।’ सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनु पर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान