रुसले भन्यो, ‘सर्वसाधारणलाई निस्कन दिन रोकिनेछ हमला’

युक्रेनको भिन्न भिन्न शहरमा फसेका सर्वसाधारणलाई सुरक्षित गल्लीबाट निस्नका लागि रुसले हमला रोक्ने रुसी सरकारी मिडियाले बताएको छ । रुसले आफूहरु किभ, खारकिभजस्ता शहरमा पनि हमला रोक्नका लागि तयार भएको बताएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार यो सिमित युद्धविराम स्थानीय समयानुसार बिहान १० बजेदेखि लागू हुने र राजधानी किभ, खारकिभ, मारियुपोल र सूमीजस्ता भीषण संघर्ष झेलिरहेको शहरबाट नागरिकलाई निकाल्नका लागि सुरक्षित बाटो अपनाइनेछ ।
तर जुन दुई करिडोर खोल्ने कुरा भइरहेको छ, तीमध्ये एक किभबाट बेलारुस र दोस्रो खारकिभबाट रुसको सीमातर्फ गइरहेको छ ।
नागरिकलाई निस्कन दिन दुई कोसिस भइसकेको छ विफल
पछिल्लो दुई दिनमा मारियुपोलबाट नागरिकलाई निकाल्नका लागि दुई पटक प्रयास गरियो तर दुबै विफल रह्यो ।
युक्रेनका अधिकारीका अनुसार रुसको तर्फबाट संघर्षविरामका लागि निश्चित गरिएको समयमा पनि हमला जारी भएका कारण मारियुपोलबाट नागरिकलाई निकाल्न नसकिएको हो ।
यसैबीच सोमबार पुनः युक्रेन र रुसका प्रतिनिधिमण्डल छलफलका लागि भेट्नेछन् तर यी वार्ताबाट केही हासिल हुने आशा निकै कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित