शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

के हो ‘पोस्ट म्यारिज डिप्रेसन’ ? कसरी छुटकारा पाउने ?

सोमबार, २३ फागुन २०७८, १२ : १०
सोमबार, २३ फागुन २०७८

विवाहपछिको डिप्रेसन अर्थात ‘पोष्ट म्यारिज डिप्रेसन’ एक यस्तो समस्या  हो, जसको बारेमा अझैपनि मानिसहरुलाई धेरै जानकारी नै छैन । यसलाई बुहारीको मुड परिवर्तन भएको सम्झेर बेवास्ता गरिन्छ । यसैगरी धेरैजसो पुुरुष डिप्रेसन आएको भावना दबाएर राख्छन् ।

पोस्ट म्यारिज डिप्रेसन के हो ?
यो एक यस्तो स्थिति हो जसमा नयाँ दम्पत्ति उदास र निराश महसुस गर्न थाल्छन् । यी भावनाले उनीहरुको दैनिक जीवनयापनमा बाधा उत्पन्न हुन थाल्छ । क्लिनिकल डिप्रेशनको तुलनामा पोस्ट म्यारिज डिप्रेसन केही फरक हो । यो केवल विवाहसँग जोडिएको कारणबाट हुन्छ । केही मामिलामा विवाहपछि पनि मानिसमा डिप्रेशनको लक्षण आउन सक्छ ।

पोस्ट म्यारिज डिप्रेशनका लक्षण
–एन्जाइटी
–उदासी
–निद्रामा गडबडी
–भोक नलाग्ने
–पार्टनर र नाता सम्बन्धप्रति निराश, हताश
–आफ्नोप्रति नयाँ परिवारको व्यवहारमा संदेह हुनु
–जीवनमा केही नबच्ने भावना
–प्रेरणामा कमी लाग्नु
–पार्टनरसँग बिताइएको डेटिङ लाइफको सम्झना आउनु 
–असन्तुुष्ट महसूस हुनु
–स्वयंलाई नयाँ जिन्दगीको आनन्द नलिनेको दोषी मान्नु 

पोस्ट म्यारिज डिप्रेशनको कारण के हो  ?
पोस्ट म्यारिज डिप्रेसन हुनु सामान्य कुरा हो । विवाहको लगत्तैपछि महिलालाई नयाँ परिवारमा घुलमिल हुनका लागि समस्या हुन्छ । यसबाट उसको संवेगात्मक र मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ । एक एकल महिलाबाट बुहारी बन्नुका साथै कयौ जिम्मेवारीको बोझ महिलाका काधमा आउछ ।
नेपाल–भारत एक पितृसत्तात्मक समाज हो । यसका कारण महिला अचानक रुपमा फेरिएको जिन्दगीमा समाहित हुन सक्दिनन् । कामकाजी महिलामा दोहोरो कामको बोझ पर्न जान्छ । कयौ मामिलामा पति र घरकाले महिलाको स्वतन्त्रता खोस्छन् । उसको जीवनको सबै फैसला लिन थाल्छन् । यसले महिलालाई विस्तारै–विस्तारै डिप्रेशनतर्फ धकेल्छ ।

पुरुषको कुरा गर्ने हो भने विवाह भएपछि उ आफ्नो काम र पारिवारिक जीवनको बीचमा फस्न जान्छ । पुरुष घरमुली हुने भएकाले यो जिम्मेवारी निभाउनका लागि उनीमाथि व्यापक दबाब पर्न जान्छ । यो दबाब सामाजिकका साथसाथै आर्थिक पनि हुन सक्छ । यसबाट मुक्ति पाउनका लागि केही त रक्सी जस्तो गलत बानीको सहारा लिन पुग्छन् ।

पोस्ट म्यारिज डिप्रेशनबाट कसरी छुटकारा पाउने ?
–आफूमाथि नयाँ जिन्दगीमा ढाल्ने दबाब न पार्नुस् । आफूलाई केही समय दिनुहोस् ।
–आफूलाई दुःख हुने कुनै पनि कुरा छ भने आफ्नो पार्टनर र उसको परिवारसँग साझा गर्नुस् ।
–आफ्नो विवाहित साथीसँग मनको कुरा सेयर गर्नुस् ।
–मानसिक तनावबाट बच्नका लागि आफ्नो परिवारसँग  धेरै सम्पर्क गर्नुस् ।
– आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउनुहोस् । आफ्नो समस्याको मिलेर समाधान खोज्ने कोशिश गर्नुस् ।
– कुनै मनपर्ने क्रियाकलाप वा नयाँ काममा मन लगाउनुस् ।
–समस्या रहि नै रह्यो भने मानसिक स्वास्थ्य विज्ञकोमा गएर आफ्नो स्वास्थ्य परिक्षण गराउनुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप